दफा १६
गुणस्तर प्रमाणीकरण
: (१) उत्पादक, पैठारीकर्ता वा वितरकले नेपाल अधिराज्यमा डिलर मार्फत आयोडिनयुक्त नून बिक्री वितरण गर्नु अघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई गुणस्तर प्रमाणीकरण गराउनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुनु भन्दा अघि उत्पादन वा पैठारी गरी बिक्रीमा ल्याइसकेको आयोडिनयुक्त नून यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र उत्पादक वा आपूर्तिकर्ता वा वितरकले केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई गुणस्तर प्रमाणीकरण लिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) को प्रयोजनको लागि उत्पादक, पैठारीकर्ता वा वितरकले तोकिएको ढाँचामा तोकिए बमोजिमको दस्तुर र आयोडिनयुक्त नूनको नमूना सहित केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दरखास्त साथ नमूना प्राप्त भएपछि केन्द्रीय खाद्य अनुसन्धानशालाले दफा १५ बमोजिम निर्धारित गुणस्तर अनुरुप भए नभएको परीक्षण गरी निर्धारित गुणस्तर अनुरुप भएको पाइएमा त्यस्तो उत्पादनको गुणस्तर प्रमाणीकरण गरिदिनु पर्नेछ ।